परराष्ट्रमन्त्री डा. खड्का आज टर्की भ्रमणमा जाँदै

पालिका डायरी
२४ फाल्गुन २०७८, ०७:३४
परराष्ट्रमन्त्री डा. खड्का आज टर्की भ्रमणमा जाँदै

काठमाण्डाै /  परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज टर्कीको भ्रमणमा जाँदै हुनुहुन्छ ।

टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उहाँ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाल र टर्कीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ ।

भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया