स्थानीय तहकाे चुनाव सार्न ‘अर्ली इलेक्शन’ काे कुरा उठाइएकाे त हाेइन ? : नेम्वाङ
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको चुनाव सार्नका लागि ‘अर्ली इलेक्शन’ को कुरा उठाइएको बताउनुभएकाे छ । आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘अहिले अर्ली इलेक्शनकाे कुरा उठाइएकाे छ । पहिला संसद् विघटन गरेर चुनावमा अलि चाँडाे जनताबीचमा जानुपर्याे भन्दा त्यसलाई प्रतिगमन भन्ने साथीहरूले अहिले फेरि संसद् भङ्गल गरेर अर्ली इलेक्शन भनिरहेका छन् । कतै हेरेर कतै हिर्काउने भन्ने छ नि ! यसबाट पनि बुझ्नुस् कि उहाँहरूको सोझो हिँडाइ छैन । उहाँहरू स्थानीय तहको चुनाव भाँड्न लाग्ने, त्यसलाई पर पुर्याउने कुरामा लागेकाे जस्ताे देखिन्छ । तर एउटा कुरा के हो भन्दा हामीले विशेष कारणवशमा जनतामा जाउँ न भनेकै हो । त्यसमा हामी अडिग छौँ ।’
यसैबीच उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानुन र अभ्यासअनुसार अगाडि बढेर महत्त्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताउनुभयो ।
महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्याउनका लागि भूमिका खेल्न पनि त्याे समितिमा नाम दिएको उहाँले उल्लेख गर्नुभयाे ।

