पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस

पालिका डायरी
२१ फाल्गुन २०७८, २१:४२
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस

काठमाडौं  /   राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै राप्रविसं नेपालले काठमाडौंमा ठाउँ ठाउँमा राँके जुलुस निकाल्दै विरोध-प्रदर्शन गरेको राप्रपाले जनाएको छ।

विगत तीन महिनामा रू १०३ प्रतिलिटरबाट बढाएर अहिले पेट्रोलको मूल्य रू १५० प्रतिलिटर पुर्‍याइएको छ। शुक्रबार रातीदेखि लागु हुनेगरी आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले बढाएको थियो।

यसपालि मूल्यवृद्धिमा विद्यार्थी संगठन मौन रहेका बेला राप्रविसं सडक प्रदर्शनमा उत्रिएको हो।

प्रतिक्रिया