आज विश्व वन्यजन्तु दिवस मनाइँदै

पालिका डायरी
१९ फाल्गुन २०७८, १०:०३
आज विश्व वन्यजन्तु दिवस मनाइँदै

आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ ।

आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको क्षति बढाएको छ । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । तर, यसलाई नबुझ्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ ।

नेपालमा दुर्लभ प्रजातिका धेरै जीवजन्तुको बास छ । तर, मानव अतिक्रमण र बासस्थान विनासले तिनको अस्तित्व लोप हुने हो कि भन्ने खतरा पनि छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु जरुरी रहेको विज्ञले बताएका छन् ।

प्रतिक्रिया