आज शेयर बजार बन्द !

पालिका डायरी
१९ फाल्गुन २०७८, ०९:३५
आज शेयर बजार बन्द !

काठमाडौं /  साताको पाँचौं दिन बिहीबार सेयर बजार बन्द हुनेछ ।

आज बिहीबार शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने ग्याल्पो ल्होसार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

बुधबार नेप्से ६३.९८ अंकले घटेर दुई हजार ५ सय ४६ दशमलब ६० विन्दुमा बन्द भएको हो । अब आइतबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यो साता नेप्सेमा ३ दिन मात्र शेयर कारोबार भएको छ । गत मंगलबार पनि महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द भएको थियो ।

प्रतिक्रिया