व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नो मात्रै : झलनाथ खनाल
काठमाडौं / नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गर्नुभएको छ ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता खनालले एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताउनुभयो ।
उहाँले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु समेत मिचेर पारित भएको आरोप लगाउनुभयो । उहाँले एसमसीसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउँदै जाने दाबी गर्नुभयो ।
उहाँले व्याख्यात्मक घोषणाको कुनैपनि कानुनी आधार नरहेको समेत बताउनुभयो ।
प्रतिक्रिया