अमेरिका आउने रुसी विमानमाथि प्रतिबन्ध लगाउने बाइडेनको घोषणा

पालिका डायरी
१८ फाल्गुन २०७८, ०९:४९
अमेरिका आउने रुसी विमानमाथि प्रतिबन्ध लगाउने बाइडेनको घोषणा

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको छ ।

स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।  युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो ।

राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाब सिर्जना हुने बताए ।

प्रतिक्रिया