टिकटकमा अब १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने

पालिका डायरी
१७ फाल्गुन २०७८, ११:११

टिकटकलाई हामीले छोटो भिडिओ प्लेटफर्मका रुपमा चिन्छौं । यही विशेषताका कारण नै टिकटकको लोकप्रियता विश्वभर बढ्दै गएको छ ।

तर अब कम्पनीले प्रयोगकर्तालाई १० मिनेटसम्मको टिकटक भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ । भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले अब १० मिनेटसम्मको भिडिओ राख्न मिल्ने भन्दै यो फिचर सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताएका छन् ।

यसले विश्वभरका क्रिएटरका लागि लागि अझ बढी रचनात्मक सम्भावना खोल्ने उनकाे भनाइ छ । टिकटकमा सुरुमा १५ सेकेन्डको भिडिओ अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्डहुँदै तीन मिनेटसम्मको भिडिओ राख्ने सुविधा थपिएको थियाे ।

पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडिओ शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडिओ अपलोड गर्न सकिने फिचर ल्याएकाे बताइएकाे छ ।

युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ । आफूले प्रमाणित गरेको दायराभन्दा बाहिर गएर समय थप गर्नु कति उपयुक्त र प्रयोगमैत्री हुनेछ भन्ने विषय आगामी दिनमा पक्कै थाहा हाेला ।

 

प्रतिक्रिया
tiktok