हेटौंडामा बन्दको आंशिक प्रभाव (फाेटाे फिचर)

पालिका डायरी
१६ फाल्गुन २०७८, १२:२४
विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव हेटौंडामा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। हेटौंडा बजार क्षेत्रमा कम मात्रामा सानाठूला सवारीका साधनहरू चलेका छन् । बजार बन्द रहेको छ । यसैगरी, विद्यालय तथा क्याम्पसहरू पनि बन्द रहेका छन् । हेटौंडाको बस्तीपुरमा भने बन्दकर्ताहरूले सडकमा टायर बालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । राजमार्गमा लामो दूरीका कमै मात्र गाडी चले पनि बजार र आसपासका क्षेत्रमा भने सवारीका साधनहरू आंशिक रूपमा चलेको प्रहरीले जनाएको छ ।

विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव हेटौंडामा आंशिक परेको छ ।

व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्।

हेटौंडा बजार क्षेत्रमा कम मात्रामा सानाठूला सवारीका साधनहरू चलेका छन् । बजार बन्द रहेको छ । यसैगरी, विद्यालय तथा क्याम्पसहरू पनि बन्द रहेका छन् ।

हेटौंडाको बस्तीपुरमा भने बन्दकर्ताहरूले सडकमा टायर बालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

राजमार्गमा लामो दूरीका कमै मात्र गाडी चले पनि बजार र आसपासका क्षेत्रमा भने सवारीका साधनहरू आंशिक रूपमा चलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया