प्रधानमन्त्रीले घाँटीमा गलागाँढ बोकेर हिडेका छन् : पूर्वमन्त्री बास्कोटा

पालिका डायरी
१३ फाल्गुन २०७८, २०:५५
प्रधानमन्त्रीले घाँटीमा गलागाँढ बोकेर हिडेका छन् ः पूर्वमन्त्री बास्कोटा

 

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले घाँटीमा गलागाँढ बोकेर हिडेको बताएका छन् ।

शुक्रबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तर्फ संकेत गर्दै हालको अवस्थामा प्रधानमन्त्री देउवालाई गठबन्धन निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताए ।

“अहिले परमादेशी सरकारका प्रधानमन्त्रीको घाँटीको वरिपरी झुण्डिएका गलागाँढहरुले उहाँलाई हैरान बनाएको अवस्था छ ।यो अवस्थामा प्रधानमन्त्रीले या त गलागाँढ सँगै जीवन बिताउने निर्णय गर्नुपर्यो । या त गलागाँढ पन्छाउने काम गर्नुपर्यो,” उनले भने ।

प्रतिक्रिया