मानवीय सेवामा कांग्रेस बागमती प्रदेश

पालिका डायरी
११ फाल्गुन २०७८
मानवीय सेवामा कांग्रेस बागमती प्रदेश

हेटाैंडा /  कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवामा क्रियाशील बनेकाे छ । करिब दुई हप्ताकाे अवधिमा कांग्रेसले प्रदेशका ३ जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई न्यानाे कपडा वितरण गरेकाे छ भने जंगली हात्ती पीडित समुदायलाई नगद सहयाेगसमेत गरेकाे छ ।

ईन्द्रबहादुर बानियाँ नेतृत्वकाे कांग्रेस प्रदेश समितिले बुधबार मात्र चितवनका ३५० परिवार चेपाङ, तामाङलगायत विपन्न परिवारलाई न्यानाे कपडा वितरण गरेकाे छ । चितवनकाे राप्ती नगरपालिका वडा नम्बर १२ स्थित विकट गाउँ तिरुवामा पुगेर न्यानाे कपडा सहयाेग गरिएकाे हाे । त्यस्तै मंगलबार धादिङकाे बेनिघाट राेराङ गाउँपालिका र गजुरी गाउँपालिकाका ३५० परिवार विपन्न चेपाङलाई ब्लाङ्केट सहयाेग गरिएकाे थियाे ।

कांग्रेसले करिब दुई हप्ताअघि मकवानपुरकाे राक्सिराङ र मनहरी गाउँपालिकाका विपन्न चेपाङ, तामाङ, दलित समुदायका ६१० परिवारलाई पनि जाडाेबाट बच्न ब्ल्याङ्केट सहयाेग गरेकाे थियाे । मानवीय सेवालाई अभियानकै रुपमा सञ्चालन गर्ने क्रममा पार्टीले करिब २ हप्ताअघि सिन्धुलीकाे कमलामाई र दुधाैली नगरपालिकामा जंगली हात्ती पीडित १४० परिवारलाई नगदसहित खाद्यान्न सहयाेग गरेकाे थियाे । जंगली हात्तीले घर भत्काएर बिचल्लीमा परेका कलवार, माझी, तामाङ र दलित समुदायलाई प्रति परिवार पाँच हजार रुपैयाँसहित ब्लाङ्केट, चामल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरेकाे हाे ।

प्रदेशमा निर्वाचित भएकाे करिब २ महिना बित्दै गर्दा बानियाँ नेतृत्वकाे कार्यसमितिले हरेक जिल्लामा संगठन मजबुत बनाउने र मानवीय सेवा पनि सँगसँगै लैजाने अभियान थालेकाे जनाएकाे छ । जनताकाे सुखदुखमा साथै रहेर अागामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरकाे पार्टी बनाउन अाफूहरु खटिएकाे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पार्टी प्रदेश सभापति बानियाँले बताए ।

बुधबार चितवनकाे राप्ती १२ स्थित तिरुवामा भएकाे न्यानाे कपडा हस्तान्तरण कार्यकममा बानियाँले प्रदेशमा रहेका विपन्न चेपाङ समुदायलाई एकीकृत बस्ती बसाल्ने याेजना कार्यान्वयनकाे क्रममा रहेकाे बताए । कांग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी भएकाे बताउँदै बानियाँले हरेक विपन्न र पिछडिएका परिवारलाई शिक्षा, सीप र प्रविधि प्रदान गरिने बताए ।

‘कम्युनिष्टले सधैं गरिबकाे पार्टी भनेर राजनीति गर्याे तर, गरिब सधैं गरिब नै रहिरहे तर, कांग्रेस गरिबलाई धनी बनाउने पार्टी हाे, हामी जे भन्छाैं त्याे गर्छाैं ।’ बानियाँले भने-‘अब जनताहरु कम्युनिष्टका झुठा अाश्वासनकाे पछि लाग्दैनन् । अबकाे निर्वाचनमा जनताले कांग्रेसलाई पहिलाे पार्टी बनाउनेमा ढुक्क छु ।’

कार्यक्रममा बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले दुई तिहाईकाे मत लिएर यसअघि सरकार चलाएकाे कम्युनिष्टले गरेका कामकाे समीक्षा गर्ने बेला अाएकाे बताए । झुठा अाश्वासन मात्र दिएर सत्तामा जाने कम्युनिष्टहरुकाे भविष्य सकिएकाे उनकाे भनाइ थियाे । पार्टीकाे राप्ती १२ का सभापति अशाेककुमार जिम्बाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति किरण भूषण अाेली, महाबिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद बुर्लाकाेटी, याउरालीटार माविका प्रधानाध्यापक रामकृष्ण प्रजा, १२ नम्वर वडाका अध्यक्ष अर्जुन प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य प्रज्वल दवाडी, रामेश्वर अाेली, क्याम्साे गरुङलगायतकाकाे अातिथ्यता रहेकाे थियाे । कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया