टी–ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

पालिका डायरी
९ फाल्गुन २०७८, १७:०८
टी–ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

काठमाडौं ।  आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।

ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरकाे अन्तिम बलमा अलआउट हुँदै ८० रन बनायो ।

उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० तथा डिलोन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमल ऐरी र अभिनास बोहोराले समान दुई विकेट लिँदा कुशल मल्ल एक विकेट हात पारे।

नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।

प्रतिक्रिया