नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी

पालिका डायरी
७ फाल्गुन २०७८, १३:५५
नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी file photo

काठमाण्डाै  /   आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको  लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २ सय १८ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले नटआउट एक सय चार रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए ।

याेसँगै कुशल र दीपेन्द्रले एक सय ७१ रनको कीर्तिमानी साझेदारी पनि गरेका छन् । कुशलले १३ चौका र एक छक्का प्रहार गरे । यस्तै दीपेन्द्रले चार छक्का र ६ वटा चौका प्रहार गरे । लोकेश बम ६ रनमा नटआउट रहे । कुशल मल्लले १२ रन बनाए भने आशिफ शेखले खाता खोल्न सकेनन् । छनोटमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई हराएको थियो ।

प्रतिक्रिया