एमालेले भन्याे, ‘स्वास्थ्य मन्त्रीले झुटाे बाेले, राजीनामा माग्छाैँ’

पालिका डायरी
३ फाल्गुन २०७८
कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

काठमाण्डाै कोरोना भाइरसविरुद्धकाे खोपबारे झुटो बोलेको भन्दै नेकपा एमालेले स्वास्थ्य मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजार रुपैयाँमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको भन्दै नेकपा एमालेले आज मङ्गलवार विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा माग गरेको हो ।

एमालेका स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्य मन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।

खतिवडाले केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गर्नुभएको थियो । नयाँ बानेश्वरमा रहेकाे सिभिल अस्पतालमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख भेटिएको एमालेले जनाएको छ ।

सङ्घीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले सिभिल अस्पतालको रजिस्टरु ‘ख’मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । यो अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिशिल्ड खोप लगाएको स्पष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति

प्रतिक्रिया