चुलाे नजिकै सुताएका शिशुको ज्यान गयो, आमा घाइते

पालिका डायरी
१० माघ २०७८, ०७:३४
चुलाे नजिकै सुताएका शिशुको ज्यान गयो, आमा घाइते

रुकुम पश्चिममा घरको चुलाे नजिकै सुताएका एक नवजात शिुशुको जलेर ज्यान गएको छ । चौरजहारी नगरपालिका ६ शान्तिबजारमा आज बिहान ओछ्यानमा आगो सल्किएर १९ दिने नवजात शिशुको ज्यान गएको हो ।

सुतिरहेको ओछ्यानमा आगो सल्किँदा रिमबहादुर रोकाका १९ दिने शिशु सुनिलकाे जलेर ज्यान गएकाे हो । बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलाेर घाइते हुनुभएको छ ।

चुलाे नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको ज्यान भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले जानकारी दिनुभयो ।

घाइते हुनुभएकी आमा चाैरजहारी अस्पतालमा उपचारपछि घर जानुभएकाे छ । आमा कामले कोठाबाहिर गएका बेला ओछ्यानमा आगो सल्किएको बताइएकाे छ ।

प्रतिक्रिया