चिकित्सक-स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकु अस्पतालमा खोप अभियान स्थगित

पालिका डायरी
१० माघ २०७८, ०७:२३
चिकित्सक-स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौं ।  चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालले आइतबार विज्ञप्ती जारी गरेर ५० जना भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएको जनाएको हो ।

आगामी आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया