अफगानिस्तानको हेरातमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु

पालिका डायरी
९ माघ २०७८, ०७:४३
अफगानिस्तानको हेरातमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानिस्तानको हेरात प्रान्तमा भएको बम विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा चार जना महिला रहेको हेरात प्रान्तका अस्पताल प्रमुख अरिफ जलालीले एएफपी समाचारलाई जनाएका छन्।

शनिवार भएको उक्त घटनामा ९ जना मानिस घाइते भएको हेरातका तालिवान कमान्डर मोलवी अन्सारीले रोयटर्सलाई बताएका छन्। यात्रुवाहक बसमा राखिएको बम बिस्फोट भएको हेरात प्रशासनले जनाएको छ।

बम कसले किन विस्फोट गरायो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको त्यहाँको प्रहरीले जनायो।

प्रतिक्रिया