शेयर बजार ६९ अङ्कले बढ्यो : ९ अर्ब ६७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार

पालिका डायरी
२ माघ २०७८, १९:२६
शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

कारोबार हुने हप्ताको पहिलो दिन आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो ।

आज कारोबार भएका कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होटल साढे ५५ अंकले, वाणिज्य बैंक समूह साढे ३९ अंकले बढेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँमा कारोबार भएका छन् । यो कारोबार झण्डै तीन महिना यताकै उच्च हो ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
Share_nepse_market_aXzVpjR70b