सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

पालिका डायरी
२ माघ २०७८, १६:३३
सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भीडभाड कम गर्न माघ १५ गतेसम्मका लागि सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले यसअघि नै सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक र शैक्षिक संस्था बन्द गरिसकेको छ ।

प्रतिक्रिया