क्लव र मुख्य प्रशिक्षक अल्मुताइरीबीच द्वन्द्व : अल्मुताइरीले लिगको खेल टिभीमै हेर्ने !

पालिका डायरी
३० पुष २०७८, २०:११

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लिगका आगामी खेलहरु दशरथ रंगशालामा गएर नहेर्ने बताएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै आफ्नो उपस्थितीले खेलाडी र क्लवलाई असर पर्छ भने खेल हेर्न रंगशाला नपुग्ने बताएका हुन् ।

लिगका आगामी खेलहरु टिभीमै हेर्ने पनि बताएका छन् । क्लवमा खेलिरहेका खेलाडीहरुलाई आफू आफू बस्दै आएको ठमेलस्थित एक होटलमा बोलाएर आगामी मोरिसससँगको खेलका लागि होमवर्क दिएको भन्दै क्लवहरुले असन्तुष्टि जनाएपछि उनले उक्त भनाइ सार्वजनिक गरेका हुन् ।

क्लवहरुले उनलाई खेलाडीहरुलाई होमवर्क दिएको र लिगका खेलहरुमा बचेर खेल्नु भनेर क्लवलाई असर पुग्ने खालको क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

त्यस्तै क्लवहरुले आफूहरुले ठूलो लगानी गरेर भित्र्याएका खेलाडीहरुलाई अनुमति नै नलिई खेलाडीहरुलाई गोप्य रुपमा बोलाएर भेटेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए ।

उनले फेशबुक स्टाटसमा कहिल्यै खेलाडीहरुलाई लिगको खेलहरुमा सय प्रतिशन नदिनु भने नभनेको र कहिल्यै पनि नभन्ने उनले स्पष्टिकरण दिएका छन् ।

उनले आफूलाई पनि क्लबमा सय प्रतिशत नदिने खेलाडीले राष्ट्रिय टोलीमा कहिल्यै सय प्रतिशत दिन नसक्ने भनेर थाहा भएको बताएका छन् ।

यस्तो छ उनको स्टाटस

मैले कहिल्यै सोधिन र म कुनै खेलाडीलाई लिग खेलहरूमा सय प्रतिशत नदिनु भनेर कहिल्यै सोध्ने छैन । मलाई विश्वास छ कि क्लबमा सय प्रतिशत नदिने खेलाडीले राष्ट्रिय टोलीमा कहिल्यै सय प्रतिशत दिन सक्दैन।

मलाई लाग्छ कि क्लब र लिग फुटबलको विकासको मुख्य कारक हो । त्यसैले म कसरी खेलाडीहरूलाई सय प्रतिशत नदिन आग्रह गर्छु ?

यदि लिग खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूलाई दबाब दिन्छ भने मसँग समाधान छ । म टिभीमा खेलहरू हेर्छु। लिगका सबै क्लब र खेलाडीहरूलाई शुभकामना।

प्रतिक्रिया