आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

पालिका डायरी
२८ पुष २०७८, ०८:०४
आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

भोलि बेलुकादेखि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना देखिएको छ । तराईमा हुस्सु कुहिरो लागेको छ । तत्कालै नयाँ मौसमी प्रणाली भित्रने नदेखिएको र मौसम खुल्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया