माओवादी नेता नारायणकाजीलाई कोरोना संक्रमण

पालिका डायरी
२४ पुष २०७८, १०:०१
माओवादी नेता नारायणकाजीलाई कोरोना संक्रमण file photo

काठमाडौं ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको श्रेष्ठले जनाएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सतर्क हुन पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

श्रेष्ठका अनुसार उनी अहिले होम आइसोलेसनमा छन् । अबको १४ दिन कसैसँग भेटघाट नगरी आइसोलेसनमा बस्ने उनले जनाएका छन् ।

माओवादीले हालै देशभरका नेता–कार्यकर्ता भेला पारेर राजधानीमा महाधिवेशन गरेको थियो । जसमा सहभागीमा धमाधम कोरोना पुष्टि हुन थालेको छ । शुक्रबार मात्रै वाइसिएलका पूर्वअध्यक्ष एवं सो पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखालगायतलाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया