राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

पालिका डायरी
२२ पुष २०७८, १९:४६
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज बिहीवार उहाँहरूबीच भेटवार्ता भएकाे हाे ।

राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषय र कोरोना खोपको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

उहाँहरूबीच झन्डै एक घण्टा भएकाे भेटमा कुनै विशेष विषयमा कुराकानी नभएकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया