बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

पालिका डायरी
२० पुष २०७८, ११:३१
जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा कैलाश र बज्रबाराही क्लबबीच हुने

हेटाै‌डा ।  पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नंबर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाईने बताए । उनले जिल्ला स्तरीय भलिबल खेलाडी उत्पादनको लागि वर्षेनी प्रतियोगिता गर्ने गरेको बताए । अध्यक्ष तिमल्सिनाले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट हुने समेत बताए ।

उनले प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने र प्रतियोगितामा सहभागि टिमलाई दर्ता शुल्क १ हजार ५ सय लाग्ने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ ।

प्रतिक्रिया