मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई काेराेना सङ्क्रमण

पालिका डायरी
१८ पुष २०७८, १८:११
मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई काेराेना सङ्क्रमण

 

अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेनइन (पीएसजी) का स्ट्राइकर लियाेनल मेस्सीलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

मेस्सीसँगै आफ्ना चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । मेस्सीसहित जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना पुष्टि भएको हो ।

क्लबका सबै खेलाडीको काेराेना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ ।

प्रतिक्रिया