पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन राप्रपाको माग

पालिका डायरी
१८ पुष २०७८, १७:३०
पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन राप्रपाको माग

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो आग्रह गर्नुभएको हो ।

राप्रपाले ज्ञापनपत्र बुझाउँदै उक्त दिनमा सार्वजनिक बिदा नदिए देशव्यापी विरोध आयोजना गर्ने कुरा पनि ज्ञापनपत्रमार्फत जानकारी गराएको जनाएको छ ।

एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक बिदा दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग समेत गरिएको छ ।

प्रतिक्रिया