शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ घाइते
पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी जादैगरेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको हो ।
आइतबार बिहान करिब १०ः३० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारा लागि पठाइएको छ ।
शव बोकेको बसमा करिब ३५ जना यात्रु रहेकोमा अन्य यात्रुहरु सामान्य घाइते भएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया