माओवादीकाे अधिवेशनका कारण आजको प्रतिनिधि सभा बैठक स्थगित

पालिका डायरी
१८ पुष २०७८, १०:३५
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

 

आज (आइतबार)का लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक स्थगित गरिएको जनाइएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रका नेता एवं सांसदहरु महाधिवेशनमा व्यस्त रहेका कारण बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । सभामुख लगायत माओवादी नेताहरुको व्यस्तताकै कारण बैठक स्थगित गरिदिन आग्रह गरिएको बुझिएको छ ।

आजै प्रतिनिधि सभा बैठक बस्नुअघि तय गरिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ । गत आइतबारदेखि माओवादी केन्द्रको महाधिवेशन जारी रहेको छ ।

प्रतिक्रिया