र्‍यापर ‘लाउरे’ पक्राउ प्रकरण : थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती

पालिका डायरी
१६ पुष २०७८, १८:३०
र्‍यापर ‘लाउरे’ पक्राउ प्रकरण : थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती

लागूऔषधसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना उर्फ लाउरेविरुद्ध ८ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत कास्कीले अनुमती दिएको छ।

वुधबार पोखराको एक होटलबाट लाउरेसहित ४ जना पक्राउ परेका थिए। उनीहरुलाई लागूऔषध सहित पक्राउ गरिएको थियो। बिहीबार सार्वजनिक विदा परेकाले म्याद थपका लागि अदालत बन्द भएका कारण शुक्रबार मात्रै अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन्।

लाउरेसँगै पोखरा २१ घर भई छोरेपाटन बस्ने ध्रुब बहादुर थापा, रुपा गाउँपालिका ७ घर भई बगर बस्ने बिक्की भन्ने नबिन कुमार गुरुङ र स्याङ्जा भिरकोट ६ घर भई हाल सभागृह बस्ने सुस्मिता गुरुङ पक्राउ परेका थिए। उनीहरु चारैजना विरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको हो ।

प्रहरीले आरोपितहरुको साथबाट ०.५१ ग्राम ब्राउनसुगर र सभागृह स्थित सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम समेत गरी जम्मा १३.०१ ग्राम ब्राउनसुगर,डिजटल तराजु १ थान, नगद ३८,३५० रुपैयाँ, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरेका जनाएको छ।

प्रतिक्रिया