हुस्सु हटेपछि विमानस्थलमा अवतरण र उडान सुरु, चार वटा जहाज डाइभर्ट

पालिका डायरी
१६ पुष २०७८, ११:१६
हुस्सु हटेपछि विमानस्थलमा अवतरण र उडान सुरु, चार वटा जहाज डाइभर्ट

काठमाण्डाै / बिहानदेखि लागेको बाक्लो हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ ।

अहिले आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बिहानै आएका चार वटा जहाजलाई भने डाइभर्ट गरिएको छ । सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई डाइभर्ट गरिएको हो ।

तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको हो ।

प्रतिक्रिया