विमानस्थलमा राष्ट्रिय भलिबल टोलीको भव्य स्वागत

पालिका डायरी
१५ पुष २०७८, १८:४८
विमानस्थलमा राष्ट्रिय भलिबल टोलीको भव्य स्वागत

 

एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा भाग लिएर स्वदेश फर्किएको नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीको भव्य स्वागत गरिएको छ।

बिहीबार स्वदेश फर्किएको पुरुष तथा महिला भलिबल टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो। उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले विमानस्थलमा स्वागत गरेका हुन्।

मन्त्रिपरिषद्को बुधबार भएको बैठकले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कप विजेता नेपाली टिमका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

बैठकले १२ खेलाडीलाई ५–५ लाखसँगै दुई जना प्रशिक्षकलाई जनही ३ लाख र एक जना अफिसियललाई २ लाख दिने निर्णय गरेको जनाइएको छ ।

बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा  महिला टोली प्रथम तथा पुरुष टोली चौथो भएको थियो।

फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो। यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो।

यता, पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदकविहीन बन्न पुगेको थियो।

प्रतिक्रिया