र्‍यापर ‘लाहुरे’ पाेखराबाट पक्राउ

पालिका डायरी
१५ पुष २०७८, १८:३८
र्‍यापर 'लाहुरे' पाेखराबाट पक्राउ

 

चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पाेखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे ।

लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएकाे छ । लाहुरेकाे साथबाट लागुऔषध फेला नपरे पनि काराेबारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया