२ सय ४१ सङ्क्रमित थपिँदा ज्यान गुमाउने ‘शून्य’

पालिका डायरी
१५ पुष २०७८, १८:३५
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

 

पछिल्लो २४ घण्टामा देशभर दुई सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा दुई सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय २८ जना निको भएका छन् । याेसहित नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार सात सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले चार हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५६ हजार एक सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड तीन लाख ६ सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ३९ लाख ७१ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया