कार दुर्घटना हुँदा एककाे मृत्यु, एक घाइते

पालिका डायरी
१५ पुष २०७८, १०:२९
accident

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडाैं बस्ने २२ वर्षीय अभिषेक शाह रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएकाे छ ।

दुर्घटनामा परी घाइते भएका कार चालक सिन्धुलीको कमलामाई नगरपालिका-१२ बस्ने २५ वर्षीय सबिन घिसिङको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ ।

नयाँथिमिबाट गठ्ठाघरतर्फ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा डिभाइडरमा ठाेक्किएर दुर्घटना भएकाे हाे ।

कारले अनियन्त्रित भई ट्याक्सी र बसलाई पनि ठक्कर दिएकाे थियाे । ३२ वर्षीय ट्याक्सी चालक भीमसेन खत्री सामान्य घाइते भएका छन् । उनी उपचारपश्चात घर फर्किसकेका छन् ।

प्रतिक्रिया