भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।
धर्मकी पत्नी सुशीला भट्टराई तथा छाेराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ ।‘उहाँहरुको निसास्सिएर मृत्यु भएको अनुमान छ,’ प्रजिअ खत्रीले भने, ‘उनीहरु अस्पतालकै एकै कोठामा बस्दै आइरहेका थिए ।’
प्रतिक्रिया