२९९ केन्द्रीय सदस्य चयनका लागि माओवादीको निर्वाचन प्रक्रिया सुरु

पालिका डायरी
१४ पुष २०७८, १२:०४
२९९ केन्द्रीय सदस्य चयनका लागि माओवादीको निर्वाचन प्रक्रिया सुरु

 

काठमाडौं/  माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ ।

यसका लागि आज दिनभर मतदाता नामावली संकलन गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।

माओवादीमा देशभरबाट १६०८ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । आज मतदाता नामावलीको संकलन गरिसकेपछि भोलि नामावली प्रकाशन, दाबी विरोध र अन्तिम सूची प्रकाशन हुने र त्यसपछि निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने जानकारी श्रेष्ठले दिए ।

निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिमा नेतृत्व चयनको प्रक्रिया पनि जारी राख्ने तयारी माओवादीको छ । सहमतिको प्रयास नभए क्लस्टरसहित केन्द्रीय सदस्यको लागि चुनावमा जाने गरी माओवादीले प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया