गुर्जुधारा यातायात व्यवस्था विभागबाट ९ जना बिचौलिया पक्राउ

पालिका डायरी
१२ पुष २०७८, १६:३३

 

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रहेको यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । लाइसेन्स ब्लूबुकलगायत कागजातहरूको राजस्व तिर्न गएका सर्वसाधारणहरूलाई छिटो छरितो काम गरिने आश्वासन दिई जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

महानगरीय परिसरबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन गरी बिचौलियाहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार उनीहरूले लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर काम छिटो गर्ने आश्वासन दिने गरेका थिए ।

प्रतिक्रिया