काठमाडौं उपत्यकामा चौबीस घण्टामा १६५ संक्रमित थपिए
काठमाडौं/ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६५ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १३२, भक्तपुरमा १४ र ललितपुरमा १९ जना संक्रमित थपिएका हुन् ।
उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९३८ पुगेको छ । आज देशभर ४ हजार ६९४ जना होम आइसोलेसनमा र २३७ जना संस्थागत आइसोलेसनमा छन् ।अस्पतालमा उपचाररतमध्ये ७८ जना आईसीयू तथा २३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया