भुजेललाई क्षेत्रीको सूचीमा राखेकोमा आयोगको ध्यानाकर्षण

पालिका डायरी
८ पुष २०७८, २०:१७

 

राष्ट्रिय समावेशी आयोगले घर्ति÷भुजेल जातीलाई क्षेत्री समुदायको सूचीमा राखेकोप्रति भुजेल समाज सेवा समितिले ध्यानाकर्षण गराएको छ । समावेशी आयोगले खस आर्य अन्तर्गत सूचीकृत भएका थर र गोत्र समुदायको विवरण सार्वजनिक गर्दा भुजेल÷घर्तिलाई क्षेत्री जातिमा सूचीकृत गरी सूची सार्वजनिक गरेको छ । मिति समेत उल्लेख नगरी आयोगले आफ्नो आधिकारिक वेभसाइट मार्फत खस आर्यको थर र गोत्र सार्वजनिक गरेको हो ।

प्रकाशित विवरणको क्रम संख्या ७६, ७७ र ७८ मा घर्ति र क्रम संख्या २७१ मा भुजेल जातीलाई अलगअलग समुदाय भनी समावेश गरिएकोमा समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । भुजेल समाज सेवा समितिका केन्द्रिय महासचिव पान बहादुर घर्तीद्वारा हस्ताक्षर गरिएको पत्रमा नेपाल सरकारले छुट्टै भेषभुषा, भाषा, संस्कृति, रहनसहन, ऐतिहाँसिक थाकथलो भएको घर्ती÷भुजेल जातीलाई नेपाल सरकारबाट आदिवासी जनजातीमा सूचीकृत जाती भएको उल्लेख गरिएको छ । ‘नेपालको कानून अन्तर्गतको निर्धारित तथा सिमान्तकृत घर्ति÷भुजेल जातिको पहिचान मेटाउने कार्य सम्पूर्ण आदिवासी जनजातिलाई सह्यि नहुने र त्यसको कडा प्रतिकारमा उत्रने ध्यानाकर्षण पत्र मार्फत भनिएको छ’–‘यथाशिघ्र तथ्य परक विवरण सच्याई पुनः सूची प्रकाशन भुजेल समाज सेवा समिति केन्द्रीय जोडदार माग गर्दछ ।’

नेपाल सरकारको संवैधानिक निकाय नेपाल आदिवासी जनजाती आयोगबाट सूचीकृत ५९ जाती घर्ति÷भुजेल जाती मध्ये पर्दछ ।

भुजेललाई क्षेत्रीको सूचीमा राखेकोमा आयोगको ध्यानाकर्षण

प्रतिक्रिया