अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्र कामी भेटिए

पालिका डायरी
७ पुष २०७८, १२:४३
अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्र कामी भेटिए

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्र कामी आठ दिनपछि भेटिएका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रलाई बुधवार विहान जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले खार्पुनाथ गाउँपालिकामा सकुशल फेला पारेको हुम्ला प्रहरीले जनाएको हो । १८ वर्षिय चन्द्रले मुगुकी १७ सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । चन्द्र गत बुधवारदेखि बेपत्ता भएका थिए । चन्द्रेलाई सुन्तलीको परिवारले लगेर कुटपिट गर्नुका साथै बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी आज फेला परेका हुन् ।

अन्तरजातीय विबाह गरेका युवक बेपत्ता भएको उजुरी प्रहरीमा पुगेपछि हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माको नेतृत्वमा चन्द्रेको खोजी गर्न ३० जना प्रहरी गाउँ पुगेको थियो । चन्द्र र सुन्तलीको गत ५ मंसिरमा विबाह भएको थियो ।

तीन वर्ष अघि मुगुको एक होटलमा काम गर्न पुगेका चन्द्रेको होटलमा काम गर्दै गर्दा सुन्तलीसँग प्रेम सम्बन्ध रहेको थियो । सुन्तलीलाई भने उनका माइती पक्षले फिर्ता ल्याएका थिए ।

प्रतिक्रिया