शिक्षक सेवा आयोगले दुई हजार ५९८ शिक्षकका लागि बिज्ञापन खुलायो

पालिका डायरी
७ पुष २०७८, ०९:२७
शिक्षक सेवा आयोगले दुई हजार ५९८ शिक्षकका लागि बिज्ञापन खुलायो (बिज्ञापनसहित)

 

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षकका लागि बिज्ञापन खुला गरेको छ ।

आयोगले बुधबार विभिन्न कोटामार्फत शिक्षक पदपुर्तीका लागि बिज्ञापन खुला गरेको हो । जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । सिंगल दस्तुरमा फारम भर्ने मिति माघ ६ गते सम्मको मात्रै रहेको छ । मागको किसिमममा खुला तथा समावेशी रहेको छ । आदिवासी जनजाति प्रमाणपत्र भएकाहरुले उक्त कोटाका लागि पन फारम भर्न सक्नेछन् ।

विषयगत विज्ञापनमा सबैभन्दा बढी माग अङ्ग्रेजी विषयका लागि सबैभन्दा धेरै ६२४ शिक्षकको माग गरिएको छ । त्यस्तैगरी विज्ञान विषयका लागि ४३७ शिक्षकको माग गरिएको छ ।

त्यस्तै नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। परीक्षाको समय आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाइएको छ । परीक्षा सातै प्रदेशका एक एक जिल्लामा हुनेछन् ।

परीक्षाको अवेदन शुल्क ७०० निर्धारण गरिएको छ । त्यस्तै प्रत्येक समावेशीका लागि थप ५०० लाग्नेछ । उम्मेदवारहरुले अनलाइन मार्फत पनि फारम भर्न सक्ने छन् ।

जसका लागि आयोगको वेवसाइटमा गएर भर्न सकिने छ । माग ६ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले योग्यता पुगेका उम्मेदवारहरुलो फारम भर्न सक्नेछन् ।

 

प्रतिक्रिया