शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै पहाडी र हिमाली भूभागमा हिमपात

पालिका डायरी
७ पुष २०७८, ०९:१२
आज चिसो बढ्ने, दिउँसो घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन- मौसम पूर्वानुमान महाशाखा

 

चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भूभागमा शीतलहर बढ्न थालेको छ । बिहान-बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । केहि दिन यता न्यूनतम तापक्रम र अधिकतम तापक्रम स्थिर अवस्थामा रहेकाले जाडो बढे पनि कठ्याङ्ग्रिने चिसो भने नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ

प्रतिक्रिया
chiso