प्रतिमा श्रेष्ठ बनिन् देशकै उत्कृष्ट शाखा अध्यक्ष

पालिका डायरी
५ पुष २०७८, १९:३३
प्रतिमा श्रेष्ठ बनिन् देशकै उत्कृष्ट शाखा अध्यक्ष

 

हेटौंडा/ जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठ वर्ष २०२१ का लागि देशकै उत्कृष्ट शाखा अध्यक्ष घोषित हुनुभएको छ । पर्यटकीय नगरी पोखरामा पुस १ गतेदेखि ४ गतेसम्म भएको नेपाल जेसीजको ४८ औं महाधिवेशनमा श्रेष्ठलाई उत्कृष्ट शाखा अध्यक्षको रुपमा सम्मान गरिएको हो ।

देशभर रहेका १ सय ६१ वटा शाखा मध्ये उत्कृष्ट शाखा अध्यक्ष घोषित हुँदा खुसी लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । शाखाको अध्यक्ष हुँदै गर्दा एउटा समूहले विवाद गर्न खोजे पनि सवै पदाधिकारी र सदस्यहरुको साथ र सहयोगमा उत्कृष्ट कार्य गर्न सफल भई उत्कृष्ट शाखा अध्यक्ष हुन सफल भएको उहाँको भनाई छ । नेपाल जेसीजले जेसीआई हेटौंडा लेडीलाई भने क्षेत्र ‘ख’ मा रहेका ३५ वटा शाखा मध्ये समुदायमा काम गर्ने उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ ।

सामाजिक सेवाका लागि युवाको सहभागितामा स्थापित नेपाल जेसीजको उत्कृष्ट शाखा, उत्कृष्ट अध्यक्ष हुँदै शाखाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई राष्ट्रिय उपाध्यक्ष बनाउन सफल हुनु महत्वपूर्ण उपलब्धी भएको श्रेष्ठको भनाइ छ । समुदायमा काम गर्न सवै क्षेत्रबाट प्राप्त सहयोगले नै आजको उपलब्धी हासिल भएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । जेसीआई हेटौंडा लेडीबाट प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष रश्मि बस्नेत राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुनुभएको छ । महाधिवेशनकै अवसरमा प्रतिमा श्रेष्ठले अन्तर्राष्ट्रिय जेसीजको सदस्यतासमेत लिनुभएको छ । यसरी अन्तर्राष्ट्रिय जेसीजको सदस्यता लिने श्रेष्ठ जेसीआई हेटौंडा लेडीको पहिलो सदस्य हो ।

प्रतिक्रिया