इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा दुई करोडभन्दा बढी क्षति

पालिका डायरी
५ पुष २०७८, १९:२५

 

काठमाडौं/  सोमबार दिउँसो काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ भन्दा बढी क्षति भएको छ ।

प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाका अनुसार आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढी क्षति भएको देखिएको छ ।

सोमबार दिउँसो जीम सेन्टरमा इन्र्भटरबाट आगलागी सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ । आगलागी भएको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र काठमाडौं महानगरको दमकलको टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुगेको टोलीले करिब एक घन्टामा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया