राष्ट्रिय सभा बैठक ८ मिनेट १० सेकेण्ड

काठमाडौं/ राष्ट्रिय सभाको बैठक १० मिनेट पनि नबसी सम्पन्न भएको छ । बैठकको सुरुवातमै प्रमुख प्रतिपिक्षि दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सदन चलाउन नदिने बताए ।
बैठक सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राज्यको ध्यान एमालेको मागप्रति गम्भीर भएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई रोकिएका विधेयकहरु अघि बढाउनुपर्ने भन्दै बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे । तर, एमालेका सांसदहरुले उठेर विरोध गरेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगन गरे ।
प्रतिक्रिया