वनमा युवकको विभत्स हत्या

पालिका डायरी
५ पुष २०७८, ०८:२०

 

कैलाली/  कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्।

बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो।

हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने व्यक्तिले हत्या गरेको खुलाएका थिए। अडियोमा उनले भनेका छन्, ‘एक–दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ। घाँटी अलग छ। शरीर अलग छ।’

त्यत्तिकैमा अर्का व्यक्तिले सोधेका छन्, ‘कसको ?’

जवाफमा उनले भनेका छन्, ‘जसको भए नि अलग छ।’

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्ति पनि त्यहीँ भएको आवाज सुनिन्छ। एक जनाले आफू हत्यापछि बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि प्रस्ट सुनिन्छ।

म्यासेज सुन्नासाथ आत्तिएकी धर्मादेवी मोबाइल बोकेर अमरावती प्रहरी चौकी पुगिन्। प्रहरीले अडियो बजाएर सुनिनसक्दै अमरावती सामुदायिक वनका वनरक्षकलगायत व्यक्ति प्रहरी चौकी पुगे। वनमा घाँटी छिनाएको शव भेटेको खबर उनीहरूले प्रहरीलाई गरे।

प्रतिक्रिया