मलेसियामा बाढीका कारण हजारौं विस्थापित

पालिका डायरी
५ पुष २०७८, ०७:५६
मलेसियामा बाढीका कारण हजारौं विस्थापित

 

मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्।

भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।

पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ।

प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

प्रतिक्रिया