यो वर्ष विद्युत खपत करिब ३ सय मेगावाटले बढ्यो

पालिका डायरी
४ पुष २०७८, १७:०२
यो वर्ष विद्युत खपत करिब ३ सय मेगावाटले बढ्यो

 

काठमाडौं/  पछिल्लो समय विद्यतुको माग उच्च दरले बढेको छ ।

गत वर्षको तुलनामा यो वर्ष विद्युतको खपत औसत ३ सय मेगावाटको हाराहारीमा बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिरकणले उद्योग तथा घरायसीतर्फको विद्युतको माग उच्च दरले बढेको जनाएको हो । प्राधिकरणले जाडो बढेसँगै आन्तरिक खपत बढेको र विद्युत् खपत बढाउन उद्योगहरुलाई प्रात्साहित गरेसँगै यस तर्फ पनि खपत उच्च दरले बढेको जनाएको छ ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन प्राधिकरणले विभिन्न कदम चाल्दै आएको जनाएको छ । यसका लागि विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिलिई सोहीअनुसार काम भइरहेको प्राधिकरणको भनाइ छ ।

विद्युतीय चुल्हो, एयर कन्डिसनर लगायत विद्युतबाट चल्ने घरायसी विद्युतीय उपकरणको प्रयोगमा भएको वृद्धि र ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष काठमाडौं उपत्यकाको पिक डिमाण्ड २९३ मेगावाट रहेकोमा यस वर्ष ३८२ मेगावाट पुगेको प्राधिकरणको तथ्यांक छ । पिक डिमाण्ड ३० प्रतिशतको हाराहारीमा बढेको र यो उपलब्धीमूलक भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

प्रतिक्रिया