बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरू, बैठक ढिला सुरु भएपछि बाहिरिए माधव नेपाल

पालिका डायरी
४ पुष २०७८, १६:४१
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरू, बैठक ढिला सुरु भएपछि बाहिरिए माधव नेपाल

 

काठमाडौं / प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । सर्वदलीय बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक सुरु भएको छ ।

२ बजेका लागि तय गरिएको बैठक ढिला सुरु भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बैठक हलबाट बाहिरिएका छन् ।

समयमै छलफल सुरु नभएकाले र आफू अर्को बैठकमा जानुपर्ने भएकाले गएको उनले बताएका छन् । प्रधानमन्त्री देउवा ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुँदा बैठक बस्न ढिला भएको बताइएको छ ।

हाल सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी रहेका छन् ।

बैठकमा नेकपा एमालेले संसदमा निरन्तर गर्दै आएको विरोध र नाराबाजी, एमसीसीलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया