एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको ज्यान गयो

पालिका डायरी
२७ मंसिर २०७८, ०८:१०
accident

 

हेटौंडा/  एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका-१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे ज्यान गएको हो ।

ज्यान गुमाउने व्यक्तिको परिचय खुलेको छैन । एम्बुलेन्सका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया